१७ श्रावण २०८३, आईतवार
,
Latest
धनुषामा निषेधाज्ञा हटाइयो फरार कैदी भरुवा बन्दुकसहित पक्राउ एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपीकृष्ण शर्मालाई भीमदर्शन रोका आदर्श गुरु सम्मान समर्पण गरिने



अ+ अ-

काठमाडौं । भीमदर्शन रोका स्मृति कोषको कार्यसमितिको हालै बसेको बैठकले शिक्षाका क्षेत्रमा दीर्घ सेवा गर्नुभएका आदर्श गुरु एवम् साहित्यकार प्राध्यापक गोपीकृष्ण शर्मालाई भीमदर्शन रोका आदर्श गुरु सम्मान समर्पण गर्ने निर्णय गरेको छ।

गोपीकृष्ण शर्मा त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापकका रूपमा कार्यरत रहनुका साथै पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन तथा भाषासाहित्यको उन्नयनमा समर्पित निष्ठावान् व्यक्तित्व हुनुहुन्छ।

यसै गरी बैठकले नेपाली समाजमा नैतिक चेतना विस्तार गरी संस्कारयुक्त समाज निर्माण गर्ने उद्देश्यले स्थापित गायत्री चेतना केन्द्र नेपाललाई रु। पचास हजार सहयोग रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ।

आगामी २०७९ पुस २३ गते शनिबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान र सहयोग समर्पण गरिने भीमदर्शन रोका स्मृति कोष सचिव
यादव भट्टराईले जानकारी दिनुभभयो ।