२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपीकृष्ण शर्मालाई भीमदर्शन रोका आदर्श गुरु सम्मान समर्पण गरिने



अ+ अ-

काठमाडौं । भीमदर्शन रोका स्मृति कोषको कार्यसमितिको हालै बसेको बैठकले शिक्षाका क्षेत्रमा दीर्घ सेवा गर्नुभएका आदर्श गुरु एवम् साहित्यकार प्राध्यापक गोपीकृष्ण शर्मालाई भीमदर्शन रोका आदर्श गुरु सम्मान समर्पण गर्ने निर्णय गरेको छ।

गोपीकृष्ण शर्मा त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापकका रूपमा कार्यरत रहनुका साथै पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन तथा भाषासाहित्यको उन्नयनमा समर्पित निष्ठावान् व्यक्तित्व हुनुहुन्छ।

यसै गरी बैठकले नेपाली समाजमा नैतिक चेतना विस्तार गरी संस्कारयुक्त समाज निर्माण गर्ने उद्देश्यले स्थापित गायत्री चेतना केन्द्र नेपाललाई रु। पचास हजार सहयोग रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ।

आगामी २०७९ पुस २३ गते शनिबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान र सहयोग समर्पण गरिने भीमदर्शन रोका स्मृति कोष सचिव
यादव भट्टराईले जानकारी दिनुभभयो ।