• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छः महासचिव पोखरेल



file

तुलसीपुर । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताउनुभएको छ ।

लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शथपग्रहण समारोहमा सहभागी हुनुभएको संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले लुम्बिनीमा एमाले ठूलो पार्टी भएकाले अन्य दलहरूले एमालेलाई नै नेतृत्व सुम्पिनेमा विश्वस्त रहेकोसमेत बतउनुभयो ।

“स्वाभाविक रुपमा अन्य दलहरूले जहाँ जसको स्टेट त्यहाँ त्यसलाई नेतृत्वको जिम्मा सुम्पनु हुन्छ भन्ने म ठान्छु यद्यपि हामी छलफल गर्न बाँकी छ”, उहाँले सञ्चारकर्मीहरूसँग भन्नुभयो, “छलफलपछि एउटा निष्कर्ष निक्लेला तर पनि राजनीतिक दलहरूको स्टेटका आधारमै नेतृत्वको प्रश्न निरुपन होला भन्ने म ठान्छु ।”

केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनेको छ । तर प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने अझै टुङ्गिएको छैन ।