• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर ★   कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेसको बहिस्कार ★   कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ? ★   उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै ★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

४७ वर्षपछि पोखरेलीको सपना पूरा भयो: मेयर आचार्य



पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ४७ वर्षपछि पोखरेली जनताको सपना पूरा भएको बताउनुभएको छ ।

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा प्रमुख आचार्यले विमानस्थल सञ्चालनमा आएसँगै पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

विमानस्थल सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै उहाँले विमानस्थल सञ्चालनका समस्याका रुपमा रहेका ल्याण्डफिल साइटको व्यवस्थापन तथा रिठ्ठेपानी डाँडा कटानको काम पूरा गरेको बताउनुभयो ।

उहाँले विमानस्थल सञ्चालनमा आउनका लागि महानगरअन्तर्गत वडा नं १४ का जनताको ठूलो योगदान रहेको बताउनुभयो । “वडा नं १४ का जनताले आफ्नो जग्गा अधिग्रहणमार्फत सरकारलाई उपलब्ध गराएकाले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्भव भएको हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा विमानस्थल निर्माणका परिकल्पनाकार शङ्करराज पाठक र पूर्वपर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीको ठूलो योगदान रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।