१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका सांसदले लिए शपथ



अ+ अ-

दाङ । लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य छन् । जसमध्ये ५२ प्रत्यक्ष र ३५ जना समानुपातिकतर्फ निर्वाचित भएका हुन् । नेकपा (एमाले)का २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन तथा राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक/एक प्रदेशसभा सदस्य छन् ।