१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

नेपालले फिलिपिन्सलाई १३६ रनले हरायो

नेपालले फिलिपिन्सलाई १३६ रनले हरायो
अ अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै नेपालले विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । 

२ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमात्र जोड्यो। 

फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले २७ बलमा २ चौकासहित २० रन जोड्दा जोर्डन अलेग्रा ३२ बलमा २ चौका सहित सर्वाधिक २७ रनमा अविजित रहे । कप्तान जोनाथन हिलले २९ बलमा ११ रन जोड्दै पेभिलियन फर्किए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

सन्दीप लामिछानेले ३ विकेट लिए । अभिनाश बोहरा, गुलशन झा, कुशल मल्ल, जितेन्द्र मुखिया र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेलले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले । 

यस्तै, दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्का सहित ८३ रन जोडे । कुशल मल्ल १० बलमा २ चौकासहित १२ रनमा आउट भए ।

पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपाल नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।