२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेलेको निधनमा शोकाकुल ब्राजिल



अ+ अ-

एजेन्सी । विश्वका महान् फुटबलर पेलेको निधनले दक्षिण अमेरिकी मुलुक शोकाकुल छ । पेलेको गृहराज्य मिनास मात्र होइन ब्राजिलका हरेक ठूलासाना नगरमा उनको अवसानबाट सन्नाटा छाएको छ ।

फुटबलको माध्यमबाट ब्राजिललाई विश्वमा चिनाउने पेले देशका नायक र आफ्नो मुटुको टुक्राका रुपमा रहेका उनका प्रशंसकले बताएका छन् । देशको हरेक भाग उनको असामयिक निधनबाट दुखी भएको र साथै उनीप्रति ब्राजिलबासीले गर्व गरेका बताएका छन् ।

स्कूलको भ्यान चलाउने ६७ वर्षका टाभरेसले विदेशमा ब्राजिलको प्रतिनिधित्व गरेका उनलाई कहिल्यै नबिर्सने बताएका छन् भने शारीरिक शिक्षा प्रशिक्षक ३८ वर्षीय भिनिसियसले ब्राजिलका जनतालाई विश्वमा परिचित गराउने पेले मरेर पनि अमर भएका टिप्पणी गरे ।

अगस्टो मिनास गेराइसको पहाडमा रहेको आफ्नो सानो बारमा बसेका बेला पेलेको निधन भएको खबर सुनेकी ५५ वर्षीया रोजेली आफ्नो बुबा पेलेको खेल हेर्नको लागि तटीय सहर सान्तोसमा बस चढेको सम्झन्छिन् । उनी भन्छिन्, “पेले विश्वकै उत्कृष्ट खेलाडी हुन्, उनी हाम्रा सबैभन्दा ठूलो ‘स्पोर्ट्स आइडल’ हुन् ।”

रोटी बेर्ने अखबारका पानामा पेलेका बारेमा पढेकी लुसिया भन्छिन्, “पेले फुटबलको प्रतीक हुनुहुन्थ्यो, एक महान् खेलाडीमात्र होइन सरल, नम्र व्यक्ति हुनुहुन्थ्यो जसले आफूले सक्ने सबै गर्नुभयो । ” देशका सर्वकालीन खेलाडीको निधनले ब्राजिल शोकको सागरमा डुबेको बताउँदै उनी पेलेका बारेमा जति बोले पनि त्यो कम हुने तर्क गर्छिन् ।