२५ भाद्र २०८३, बिहीबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः ब्राइटनविरुद्ध आर्सनलको सानदार जित, म्यान्चेस्टर सिटीसँग सात अंकको अग्रता



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले ब्राइटनलाई उसकै मैदानमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन बुकायो साका, मार्टिन ओडेगार्ड, एड्डी केटियाह र गाब्रियल मार्टिनेलीले एक–एक गोल गरे । ब्राइटनका लागि काओरु मितोमा र इभान फर्गुसनले एक–एक गोल गरे ।

खेलको सुरुवाती दोस्रो मिनेटमै साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ३९ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । ४७ औं मिनेटमा एड्डीले गोल गर्दा आर्सनल ३–० ले अघि रह्यो ।

६५ औं मिनेटमा मितोमाले गोल गर्दै ब्राइटनलाई ३–१ को अवस्थामा ल्याए । ७१ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता ४–१ को बनाए ।

यस्तै, ७७ औं मिनेटमा फर्गुसनले गोल गर्दै ब्राइटनलाई ४–२ को अवस्थामा ल्याए पनि टोलीलाई जित भने दिलाउन सकेनन् ।

यस जितसँगै शीर्ष स्थानमा रहेको आर्सनलले दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग ७ अंकको दुरी बढाएको छ । १६ खेल खेलेको आर्सनलको ४३ अंक छ भने समान खेल खेलेको सिटीको ३६ अंक छ । यस्तै, ब्राइटन भने समान खेलबाट २४ अंकसहित आठौं स्थानमा छ ।