१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसदमा टेवल गर्न दिने



अ+ अ-

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसदमा टेवल गर्न दिने संकेत गरेको छ ।  शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्टीको अडान भने यथावत रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनु भयो । \बैठकले एमसीसी जनताको भावना र राष्ट्रको हित अनुकूल हुने गरी अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक निर्णय लिने अधिकार पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ । त्यसबारेमा जनताको बीचमा बहस गर्नुपर्ने र जनप्रतिनिधिहरुलाई पनि यसबारे जानकारी दिनुपर्ने सो पार्टीको बुझाई छ ।

प्रवक्ता खतिवडाले भन्नुभयो,   ‘यथास्थितिमा अर्थात् उसले राखेको सेवा, सर्तहरुको अधिनमा एमसीसी पारित गर्न दिन सकिदैन भन्ने हाम्रो स्थायी समिति बैठकले सर्वसम्मत निर्णय गरेको छ । यसका बारेमा थप निर्णय गर्नका लागि केन्द्रिय सचिवालयलाई जिम्मेवारी दिएको छ । र, नेपाली जनताको भावना, राष्ट्रिय हित र बैचारिक प्रतिवद्धता समेतको आधारमा रही हामीले आफ्नो निर्णय गरेका छौं भन्ने हाम्रो पार्टीको ठहर रहेको छ । त्यसलाई व्यापक रुपमा आम जनताको बीचको बहस नगरी नहुने र जनताका प्रतिनिधिहरुले यसबारेमा जानकारी नलिई नहुने, यसका कानुनी समस्याहरु र अन्य प्रकारका समस्याहरु थुप्रै रहेको र सम्झौंतामा धेरै विरोधाभाष रहेकाले संशोधन गरेर मात्रै, राष्ट्रहित अनुकूल बनाएर मात्रै यसलाई पारित गर्न सकिन्छ भन्ने पार्टीको धारणा रहेको छ । छलफलका लागि यो सम्झाैता संसदमा टेवल भएमा हामीलाई आपत्ति हुनेछैन र तर संशोधन भने हुनै पर्छ ।’

नेकपा (एकीकृत समाजवादी)ले सो सम्झौताबारे अध्ययन गर्न झलनाथ  खनाल नेतृत्वको कार्यदल नै गठन गरेको थियो । कार्यदलले पनि बैठकमा यथास्थितिमा एमसीसी पारित गर्न नमिल्ने सुझाव दिएको प्रवक्ता खतिवडाले बताउनु भयो ।