१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

मुलुकभरको भ्रमण सकेर राजधानी आइपुग्यो नेपथ्य, भोलि काठमाडौँमा प्रस्तुति दिने

मुलुकभरको भ्रमण सकेर राजधानी आइपुग्यो नेपथ्य, भोलि काठमाडौँमा प्रस्तुति दिने
अ अ+ अ-

काठमाडौं, पुस १५ । मुलुकको पूर्वी कुनादेखि पश्चिम कुनासम्म सातैवटा प्रदेशमा भब्य प्रस्तुतीपछि यस श्रृंखलाकै अन्तिम कन्सर्ट प्रस्तुत गर्न नेपथ्य टोली राजधानी आइपुगेको छ ।

के पहाड के तराइ सबैतिर ब्याण्डले चौरभरि अटाएका हजारौं हजार दर्शक उपस्थिती पाएको थियो । यसरी नौ स्थानमा साँगीतिक देशदौडाहा सम्पन्न गरेपछि दशौं प्रस्तुतीका रुपमा भोलि पुस १६ गते शनिबार काठमाडौं उपत्यकाका दर्शकसँग भृकुटीमण्डपमा साक्षात्कार गर्नेभएको छ ।

राजधानीको प्रदर्शनका लागि ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङलगायत मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली काठमाडौं आइपुगेको हो ।

यसपटकको दौडाहा अन्तर्गत नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा आफूलाई प्रस्तुत गरेको थियो । काठमाडौंमा शनिबार आयोजित कन्सर्टका लागि भृकुटीमण्डपस्थित मैदानका ढोकाहरु बेलुकी चार बजे देखि खोलिनेछन् ।

नेपथ्यले मुलुकभर सबैभन्दा बढी प्रस्तुती काठमाडौं उपत्यकामै दिएको छ । त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियानअन्तर्गत मात्रै छ पटक प्रस्तुत भइसकेको छ । भोकमुक्त अभियानअन्तर्गत एकपटक र असहायका निम्ति उनीहरुको आश्रय थलो एवं पुनस्र्थापना केन्द्रहरुमै गएर छ पटक कन्सर्ट गरेको थियो । अघिल्लोपटक राजधानीमा नेपथ्यले भुकम्पमा भत्किएको दोलखाको एउटा सरकारी भवन निर्माणार्थ आफूलाई तीन वर्षअघि भृकुटीमण्डपमै उभ्याएको थियो ।

यसपटक नयाँ अभियान ‘मानवताको लागि संगीत’ अन्तर्गत यो अन्तिम कन्सर्ट पनि भृकुटीमण्डपकै फरक मैदानमा हुनलागेको हो । संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गरेको हो । बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिना लामो रह्यो ।

शनिबारको प्रस्तुतीका लागि भृकुटीमण्डप मैदानमा मञ्च बनाउने काम धमाधम सुरुभइसकेको छ । शुक्रबार बेलुकी त्यहाँ आवाज तथा प्रकाश इत्यादिको परिक्षण गरिनेछ । मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ । त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा देशभरको यात्रा गर्नुपरेको थियो ।

‘नेपथ्य समूहले संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले आफूलाई प्रस्तुत गरेर एउटा उदाहरण बन्नपुगेको छ,’ आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, ‘कार्यक्रमलाई भब्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’

शुक्रबार मानवसेवा आश्रमले राजधानीको रानीबारीस्थित भवनमा दिउँसो दुइ बजे नेपथ्य टोलीसँग भेटघाट तथा परिचय आदानप्रदान कार्यक्रम पनि राखेको थियो । त्यस बखत टोलीलाई मानवसेवा आश्रमको रानीबन शाखामा स्वागत तथा सम्मान गरिएको थियो । त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीहरुको उपस्थिती थियो ।

अध्यक्ष अधिकारीका अनुसार काठमाडौं कन्सर्टका टिकटहरु भृकुटीमण्डपबाटै धमाधम बिक्री भइरहेका छन् । समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत् पनि टिकट काट्न सक्ने उनले बताए । त्यसको निम्ति मानवसेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजी  (msa.org.np) मार्फत सोझै काट्न सकिन्छ । त्यसैगरि नेपथ्य ब्याण्डको वेबसाइट (nepathya.com.np) बाट पनि कन्सर्टहरुको टिकट उपलब्ध गराइएको छ। टेलिफोनमार्फत् सिट सुरक्षित गर्नचाहने दर्शकहरुका निम्ति ९८५५०७६००५, ९८४३३४७६०५ र ९८४३३४७६११ नम्बर उपलब्ध छन् ।

यो कन्सर्टको लाभांसले मानवता प्रवद्र्धनका साथै राजधानी काठमाडौंमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरि यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।