• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा



पोखरा । चर्च ब्वाइज युनाईटेड फुटबल क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र अन्नत तामाङले एक एक गोल गरे ।

२५ औं मिनेटमा रबी पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७७ औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिदा खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा अनन्तले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाएका हुन् ।

अन्जन र अनन्त चर्च ब्वाइजका लागि डेब्यु खेलमै गोल गर्न सफल रहे । अब चर्च ब्वाइजले क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्नेछन् ।