१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

पाँच दलीय गठबन्धन स्वार्थी समूहको अखडा: केपी ओली

पाँच दलीय गठबन्धन स्वार्थी समूहको अखडा:  केपी ओली
अ अ+ अ-

 काठमाडाै ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयू बढिमा एक वर्षमात्रै रहेको दावी गर्नु भएको छ । 

अध्यक्ष ओलीले अव एक वर्ष भित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हटने बताउनु भएको हो । शनिबार भक्तपुरको सुर्य विनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरुलाई आगामी निर्वाचनमा पानीमा गएपनि आफ्नो पार्टीले नछाडने चेतावनी दिनु भयो । अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गर्नु भयो । प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ ।

उहाँले भन्नु भयो, ‘अव एक वर्ष भित्र चुनाव हुनै पर्छ । बच्ला कहाँ पानीमुनि गएपनि यो स्वार्थी गठबन्धन । यो कहाँ बच्छ ? बच्न सक्दैन । त्यसकारण अव त बढिमा एक वर्ष हो यिनको आयू । संसारभरीका जोतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ –बढिमा एक वर्ष हो, आयू । यो सरकारको आयू । त्यसो भएर अहिले म धेरै समय नलिऊ । अहिले पूर्वतिर मेला लाग्थ्यो । एक थरी उरन्डेउलाहरु हुल बाँधेर जान्थे । अनि लुकाएर सिन्दुरचाँही खल्तीमा हालेर जुम्सो जस्तो भएर जाने । अनि राम्री केटी देखेपछि छ्वास्स टाउँकोमा सिन्दुर ¥याँकि दिएर गुटुट भाग्ने । के भो, के भो भन्दाभन्दै उहाँ पुगिसक्यो । माईतीहरु सिन्दुर हालीहाल्यो खोजेर सिन्दुर लाउने कहिले माकुनले सिन्धुर हालि दिएको छ झुक्याएर ,। कहिले प्रचण्डले झुक्याएर छ्वास्स हालिदिएको छ, सिन्दुर । कहिले काँग्रेसले हालि दिएको छ । आजको जवानामा पनि त्यस्तो कुरामा भर परेर हुन्छ ? हामी माईतीहरु सिन्दुर कसले हाल्यो भनेर खोजेर चेलीलाई जिम्मा लगाउने होईन । आउनुस, तिनीहरुले झुक्याएर हालिदिएका सिन्दुरहरु छोडिदिनुस । यहाँ आउनुस लक्स सावनले नुहाउनुस । नेकपा एमालेका आउनुस, देश बनाउने अभियानमा लागौं ।’

अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दूरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढन आफ्नो पार्टी सक्षम रहेको दावी समेत गर्नु भयो । उहाँले निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाउनु भयो ।