२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.23

Wind: 3.09

Humidity: 19

Latest
सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि कुटपिट प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः राष्ट्रपति देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः राष्ट्रपति रवि पक्राउपछि सांसद सोविताको टिप्पणी: राज्यका संयन्त्रले कानुन पालना नगरे लोकतन्त्रको देहावसान चौतर्फी दबाबमा सरकार, तातिँदै सडक राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु, २ घाइते कोसेरा खोलामा पुल निर्माण साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश: दुई माओवादी सांसदलाई शपथग्रहणमा रोक



अ+ अ-

जनकपुर । सर्वोच्च अदालतको पत्रबमोजिम मधेस प्रदेशका २ जना प्रदेशसभा सदस्यलाई शपथ गराइएको छैन । नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरु महोत्तरीका रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्चले शपथ लिन रोक लगाएको हो ।

सर्वोचचले उनीहरुको काम कारबाहीमा रोक लगाएको संसद् सचिवालयले जनाएको छ । माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको थियो ।

सर्वोच्चले तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको सचिवालयले जनाएको छ । मधेस प्रदेशमा माओवादीबाट समानुपातिकमा धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास (पहाडी) र महोत्तरीबाट मोहम्मद रजी हैदर निर्वाचित भएका हुन् । सुनिता र माला मधेसी समूह, शारदा दलित र रजी मुस्लिम समूहबाट निर्वाचित भएका हुन् ।

आफूहरूभन्दा तल रहेकालाई निर्वाचित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा समानुपातिकको बन्दसूचीमा रहेकी खचान्जी महतो नुनियाले मालाकुमारी र रजीको शपथमा रोक लगाउन माग गर्दै रिट दायर गरेकी थिइन् ।

सो मुद्दामा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंसिर २९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आदेशमा दुवै जनालाई तत्काल निर्वाचित नगर्न भनिएको थियो । दुवै पक्षलाई बोलाई छलफल गरीमात्र निष्कर्षमा पुग्न सकिने आदेशमा उल्लेख छ ।