२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलमा चिसो बढ्यो, जनजीवन प्रभावित– फोटोफिचर



अ+ अ-

रुपन्देही । बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

रुपन्देहीको बुटवलमा विगत केही दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । दुई दिनदेखि घाम नलागेको तथा हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको सर्वसाधारणहरु बताउँछन् ।

चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ । जाडो छेक्नका लागि घर वरपर तथा सडकका छेउहरुमा आगो बालेर तापिरहेका स्थानीय देख्न सकिन्छ । दुई दिन अघिसम्म मौसम राम्रो भएपनि हालभने अचानक मौसममा फेरबदल आई चिसो बढेको स्थानीय बताउँछन् । बुटवलवासी घामको प्रतिक्षा गरिरहेका उनीहरुको भनाई छ ।

बुटवलसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । तराईका भूभाग तथा काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ ।