२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश: कांग्रेस संसदीय दलको नेतामा रामसरोज र कृष्णको उम्मेदवारी



अ+ अ-

धनुषा । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ । जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिनुभयो ।

बिहान ९ देखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तालिका थियो । कसैले उम्मेदवारी फिर्ता नलिएमा मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताउनुभयो । मधेश प्रदेश सभामा २२ सदस्यसहित कांग्रेस दोस्रो ठूलो दल हो ।