१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

निर्वाचनमा देखाइने कार्ड अलि खतरनाक नै हुन्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचनमा देखाइने कार्ड अलि खतरनाक  नै हुन्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया
अ अ+ अ-

 काठमाडाैं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिनुभएको छ ।
 
निर्वाचन आयोगद्वारा छैटौँ निर्वाचन दिवसका अवसमा आयोजित कार्यक्रममा उहाँले फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्डअलि खतर्नाक  रहने भएको हुँदा त्यसलार्ई समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “निर्वाचन फुटबल खेल जस्तै हो, राजनीति दल र उम्मेदवार खेलाडीका रुपमा मैदानमा आउनुहुन्छ । आयोग रेफ्रिको भूमिकामा हुन्छ, निर्वाचनका समयमा मैदानमा रहेका खेलाडी (दल र खेलाडी)ले नियम उलङ्घन (फल्ट) गरिहाल्छ कि भनेर हेर्नु पर्ने हुन्छ ।” फल्ट भए-नभएको हेर्ने आयोगसहित निर्वाचनमा खटिने दुई लाख ५० हजारभन्दा बढी जनशक्तिको जिम्मेवारी रहेको बताउँदै उहाँले भन्नुभयो, “हामी चाहन्छौँ, कसैले कसैलाई फल्ट ग¥यो भनेर रातो कार्ड देखाउनुपर्ने अवस्था सिर्जना नहोस् ।”

 प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिँदै तपाईले दिँदै आएको परीक्षाभन्दा यो पटकको निर्वाचनका जिम्मेवारी फरक छ, यो परीक्षामा असफल हुने छुट तपाई हामी कसैलाई छैन बताउनुभयो । उहाँले भन्नुभयो, “एकै चरणमा सबै स्थानीय तहमा निर्वाचन हुँदा स्वभाविक कामको चटारो हामीलाई छ, अहिले थोरै समयमा धेरै गर्नुपर्ने हुन्छ, निर्वाचन परीक्षा भएकाले उत्कृष्ट अङ्क लिएर सफल हुनैपर्छ ।” 

 आफै निर्देशित भएर काम गर्नुस्

 निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले सबैपक्षको सहमति सुनिश्चित गर्दै समन्वय र सहकार्यको खाँचो औँल्याउनुभयो । निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनलाई सहजरुपमा सफल तुल्याउन सामूहिक दायित्वकारुपमा बुझेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।
 
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले स्वच्छ, निष्पक्ष, भयमुक्त विश्वासिलो र मितव्ययी निर्वाचन गर्ने आयोगको पुनित जिम्मेवारीलाई हामी सबैले अवसरका रुपमा लिएर पूरा गर्नुपर्छ भन्नुभयो ।
 
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले निर्वाचनमा बेरुजु नआउने गरी काम गर्न र जिल्लामा निर्वाचनको वातावरण सिर्जना गर्न सुझाव दिनुभयो । निर्वाचन दिवसको मूल नारा ‘निर्वाचनमा सबै, सधैँ सँगै’ भन्ने रहेको छ । सो अवसरमा प्रमुुख आयुक्त थपलियाले आयोगका २० वर्ष सेवा गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने १० कर्मचारीलाई पुरस्कार घोषणा गरियो । सो अवसरमा त्यहाँ उपस्थित तीन जनालाई पुरस्कार प्रदान गरियो । कार्यक्रममा निर्वाचन स्मारिकासमेत विमोचन गरियो ।