२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा पार्टीको बन्दीपुरमा समिक्षा भेला हुदैं



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले पार्टी स्थापना यता आन्तरिक विवाद, कार्यशैली, वैचारिक बेमेल, फुट, एकता, निर्वाचन परिणाम लगायतका समिक्षा गर्न बन्दीपुरमा भेला गर्दैछ ।

अध्यक्ष समिक्षा बास्कोटाले एक अनुरोध सार्वजनिक गर्दै वैकल्पिक राजनीतिको स्थापनाको मर्म बमोजिम हिजो भएका गल्ती, कमी कमजोरी सुधार्दै पब्लिक सर्भिस डेलिभरीको राजनीति गर्ने दलको रुपमा नयाँ शिराबाट माथि उठ्न र अविचलित ढंगले राजनीतिको नयाँ भाष्य स्थापना गर्नका लागि आग्रह गर्नुभएको छ ।

अनुरोधपत्रकाे पूर्णपाठ

बन्दीपुर भेलामा उपस्थित हुन अनुरोध
प्रिय साथीहरु

पार्टी स्थापना यता आन्तरिक विवाद, कार्यशैली, वैचारिक बेमेल, फुट, एकता, निर्वाचन परिणाम लगायतका थुप्रै अप्ठ्यारा चरण पार गर्दै पछिल्लो समय पार्टीलाई गति प्रदान गर्न अहोरात्र मेहनत गरिरहनु भएका सम्पूर्ण साथीहरुलाई हार्दिक नमन।

आफ्नै जीवकालमा यो देशको रुपान्तरण गर्ने हुटहुटी सहित विवेकशील साझामा जोडिनुभएका सम्पूर्ण साथीहरुको आजसम्मको अथक प्रयास सदा स्मरणीय रहनेछ। यस्तो विशिष्ट परिस्थितिमा पनि पार्टी प्रति यहाँहरुले राख्नु भएको विश्वास र सद्भाव अतुलनीय छ।

यहाँहरुका विश्वास, शुभेक्षा र भरोसाले पार्टीलाई अझ सुदृढ बनाउन र स्थापनाको मर्म अनुरुपको विवेकशील साझाको राजनीतिक छवि कायम राख्न हामीलाई उर्जा प्रदान गरेको छ।
अत्यन्त विषम परिस्थितिमा हुन गईरहेको बन्दीपुर समीक्षा भेलालाई सफल बनाउने जिम्मेवारी तपाईं हाम्रो नै हो। यस भेलामा हामीले विगतमा हामीबाट भएका कमी कमजोरीहरुको मिहीन विमर्श गर्दै आगामी दिनको रणनीति तथा कार्य योजना तय गर्ने भएकाले पार्टी प्रति जिम्मेवार नेता, अगुवा साथीहरु तथा सदस्य साथीहरुलाई भौतिक रुपमा उपस्थिति भईदिनु हुन हार्दिक अपील गर्द्छु।

पार्टीले विभिन्न अप्ठ्यारा चरणहरु पार गर्दै जाँदा भुमिका परिवर्तनमा पर्नुभएका, कारवाहीमा पर्नुभएका, निरास भएर जिम्मेवारीबाट अलग हुनुभएका, निष्क्रिय बस्नुभएका, राजिनामा दिनुभएका, दल त्यागको घोषणा गर्नुभएका देश भित्र तथा विभिन्न देशमा रही सद्भाव समुह मार्फत विवेकशील साझामा योगदान गरिरहनु भएका सम्पूर्ण साथीहरुलाई जिम्मेवारीमा फर्किन र पुनः जोडिन अनुरोध गर्दछु।

वैकल्पिक राजनीतिको स्थापनाको मर्म बमोजिम हिजो भएका गल्ती, कमी कमजोरी सुधार्दै पब्लिक सर्भिस डेलिभरीको राजनीति गर्ने दलको रुपमा नयाँ शिराबाट माथि उठ्न र अविचलित ढंगले राजनीतिको नयाँ भाष्य स्थापना गर्नका लागि आगामी पुष १५ र १६ गते बन्दीपुर समिक्षा भेलामा सामेल भएर अघि बढ्न म सम्पूर्ण पार्टी सदस्यहरु र आम शुभेच्छुकहरुमा हार्दिक अपिल गर्दछु।

समिक्षा बास्कोटा
अध्यक्ष
विवेकशील साझा पार्टी