१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय हो : अमेरिका

एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय हो : अमेरिका
अ अ+ अ-

काठमाडाैं । अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय  भएको जनाएको छ । शनिबार साँझ एक बिज्ञप्ति मार्फत अमेरिकाले  नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय भएको जनाएको छ ।

अमेरिकाले भनेको छ – ५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबिचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ । यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ।

साथै विज्ञप्तीमा यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५औँ वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन् । यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ भनिएकाे छ।

शुक्रबार मात्र चीनको विदेश मन्त्रालयले नेपाललाई सहयोग गर्ने नाममा विदेशी हस्तक्षेप हुन थालेको भन्दै आपत्ति जनाएको थियो । मन्त्रालयले चीनले नेपालको विकास र जनजीवन सुधारका लागि अन्तर्राष्ट्रिय समुदायको योगदानको स्वागत गर्दै त्यस्तो सहयोग राजनीतिक शर्तरहित नेपाली जनताको चाहनाबमोजिम हुनुपर्ने उल्लेख गरेको थियो ।

एमसीसी सम्झौताका सन्दर्भमा अमेरिकाले जबर्जस्ती कुटनीति गरिरहेको चीनले आरोप लगाएको थियो ।

चीनको विदेश मन्त्रालयले एमसीसीका बारेमा धारणा सार्वजनिक गरेलगत्तै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले ट्वीट गर्दै अमेरिका र एमसीसी लक्षित हिंसा र हिँसा भड्काउने किसिमका कार्यहरु कदापि स्वीकार्य नहुने बताउनुभएको थियो ।

उहाँले अमेरिका एमसीसीसहित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भए पनि हिंसा र उत्तेजना उक्साउने कार्य स्वीकार्य नहुने बताउनुभएको थियो ।

एमसीसी सम्झौतालाई लिएर नेपालमा भइरहेका विरोध प्रदर्शनप्रति लक्षित गर्दै राजदूत बेरीले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रका लागि अन्तरनिहित कुरा भएको र मानिसहरुलाई शान्तिपूर्वक आफ्ना विचार साझा गर्न दिनुपर्ने बताउनुभयो ।