१७ आश्विन २०८१, बिहीबार
,
Latest
रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण राजदेवी मन्दिर डुबानमा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय हो : अमेरिका



अ+ अ-

काठमाडाैं । अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय  भएको जनाएको छ । शनिबार साँझ एक बिज्ञप्ति मार्फत अमेरिकाले  नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय भएको जनाएको छ ।

अमेरिकाले भनेको छ – ५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबिचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ । यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ।

साथै विज्ञप्तीमा यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५औँ वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन् । यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ भनिएकाे छ।

शुक्रबार मात्र चीनको विदेश मन्त्रालयले नेपाललाई सहयोग गर्ने नाममा विदेशी हस्तक्षेप हुन थालेको भन्दै आपत्ति जनाएको थियो । मन्त्रालयले चीनले नेपालको विकास र जनजीवन सुधारका लागि अन्तर्राष्ट्रिय समुदायको योगदानको स्वागत गर्दै त्यस्तो सहयोग राजनीतिक शर्तरहित नेपाली जनताको चाहनाबमोजिम हुनुपर्ने उल्लेख गरेको थियो ।

एमसीसी सम्झौताका सन्दर्भमा अमेरिकाले जबर्जस्ती कुटनीति गरिरहेको चीनले आरोप लगाएको थियो ।

चीनको विदेश मन्त्रालयले एमसीसीका बारेमा धारणा सार्वजनिक गरेलगत्तै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले ट्वीट गर्दै अमेरिका र एमसीसी लक्षित हिंसा र हिँसा भड्काउने किसिमका कार्यहरु कदापि स्वीकार्य नहुने बताउनुभएको थियो ।

उहाँले अमेरिका एमसीसीसहित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भए पनि हिंसा र उत्तेजना उक्साउने कार्य स्वीकार्य नहुने बताउनुभएको थियो ।

एमसीसी सम्झौतालाई लिएर नेपालमा भइरहेका विरोध प्रदर्शनप्रति लक्षित गर्दै राजदूत बेरीले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रका लागि अन्तरनिहित कुरा भएको र मानिसहरुलाई शान्तिपूर्वक आफ्ना विचार साझा गर्न दिनुपर्ने बताउनुभयो ।