१७ आश्विन २०८१, बिहीबार
,
Latest
रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण राजदेवी मन्दिर डुबानमा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्राेल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर तीन रुपैयाँ बढ्यो



अ+ अ-

काठमाडौंः नेपाल आयल निगमले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँले बढाएको छ ।  भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीले सार्वजनिक गर्नु भएको विज्ञप्तिमा स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३-३ रुपैयाँ बढेको उल्लेख छ ।

नयाँ मूल्यअनुसार उपत्यकामा पेट्रोल प्रति लिटर १४५ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर १२८ रुपैयाँ पर्नेछ ।  

निगमले गत माघ १८ गते पनि इन्धनको मूल्य बढाएको थियो । यसअघि २०७० फागुन ३० गते पेट्राेल प्रतिलिटर १४० रुपैयाँ थियो । त्यसपश्चात् मूल्य घटबढ हुँदै अहिले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजन पश्चात् पनि निगमलाई १५ दिनमा २ अर्ब १५ करोड रुपैयाँ घाटा हुने प्रवक्ता कार्कीको भनाई छ ।