१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्राेल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर तीन रुपैयाँ बढ्यो



अ+ अ-

काठमाडौंः नेपाल आयल निगमले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँले बढाएको छ ।  भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीले सार्वजनिक गर्नु भएको विज्ञप्तिमा स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३-३ रुपैयाँ बढेको उल्लेख छ ।

नयाँ मूल्यअनुसार उपत्यकामा पेट्रोल प्रति लिटर १४५ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर १२८ रुपैयाँ पर्नेछ ।  

निगमले गत माघ १८ गते पनि इन्धनको मूल्य बढाएको थियो । यसअघि २०७० फागुन ३० गते पेट्राेल प्रतिलिटर १४० रुपैयाँ थियो । त्यसपश्चात् मूल्य घटबढ हुँदै अहिले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजन पश्चात् पनि निगमलाई १५ दिनमा २ अर्ब १५ करोड रुपैयाँ घाटा हुने प्रवक्ता कार्कीको भनाई छ ।




भर्खरै