• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

जसपाको संसदीय दलको नेतामा रामसहाय यादव चयन



काठमाडौँ । प्रतिनिधिसभामा १२ सदस्य रहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ ।

जसपाको संसदीय दलको नेतामा अशोक राई र राजकिशोर यादव दावेदार रहे पनि अन्तिम अवस्थामा दुवैले उम्मेदवारी नदिएपछि रामसहाय निर्विरोध निर्वाचित हुनुभएको हो ।

संसदीय दलको नेता बन्न राजकिशोरले प्रस्तावक र समर्थक नै नपाएको बताइएको छ । राईले रामसहायसँग पराजित हुने डरले उम्मेदवारी नदिएको बताइएको छ ।