१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

प्रिमियर लिगः टोटेनहम, वाटफोर्ड, आर्सनल, चेल्सी र लिभरपुल विजयी

प्रिमियर लिगः टोटेनहम, वाटफोर्ड, आर्सनल, चेल्सी र लिभरपुल विजयी
अ अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले लिग लिडर म्यान्चेस्टर सिटीलाई उसकै मैदानमा ३-२ गोलले पराजित गरेको हो ।

खेलको चौंथो मिनेटमा नै डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए। यता, ३३ औं मिनेटमा इल्काए गुन्डोवानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

५९ औं मिनेटमा ह्यारी केनको गोलबाट टोटेनहमले फेरि २-१ को अग्रता बनायो। तर, ९०+२ मिनेटमा रियाद माहरेजले पेनाल्टीमार्फत गोल गर्दै खेलललाई २-२ को बराबरीमा ल्याए । अति नै रोमाञ्चक बनेको खेलको ९०+५ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै ह्यारी केनले टोटेनहमलाई जित दिलाए । 

पराजित सिटी २६ खेलमा ६३ अंकसहित शीर्ष स्थानमा यथावत छ भने टोटेनहम २३ खेलबाट ३९ अंकसहित तालिकाको सातौं स्थानमा छ । 

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा वाटफोर्डले एस्टन भिल्लाई १-० गोलले पराजित गर्यो । वाटफोर्डलाई जित दिलाउन खेलको ७८ औं मिनेटमा इमान्युल बोनाभेन्चरले गोल गरे । 

२४ खेलबाट १८ अंकसहित वाटफोर्ड १८ औं स्थानमा छ भने एस्टन भिल्ला समान खेलबाट २७ अंकसहित १२ औं स्थानमा छ । 

यस्तै, शनिबार राति नै भएको खेलमा आर्सनलले बेन्टफोर्डलाई २-१ गोलले पराजित गरेको छ । 

आर्सनलको मैदान इमिरेट्समा भएको खेलमा सबै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो । 

खेलको ४८ औं मिनेटमा स्मिथ रोएले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । 

यस्तै, ७९ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । 

यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा क्रिस्टियन नोर्गाडले गोल गरेपनि ब्रेन्टफोर्डको हार टार्न सकेनन् । 

जितसँगै २३ खेलबाट ४२ अंकसहित आर्सनल अंकतालिकाको छैटौं स्थानमा छ। ब्रेन्टफोर्ड २६ खेलबाट २४ अंकसहित १४ औं स्थानमा छ । 

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० गोलले पराजित गर्यो । चेल्सीलाई जित दिलाउन खेलको ८९ औं मिनेटमा हाकिम जियचले गोल गरे । 

२५ खेलबाट ५० अंकसहित चेल्सी तालिकाको तेस्रो स्थानमा रहेको छ भने क्रिस्टल प्यालेस समान खेलबाट २६ अंकसहित १३ औं स्थानमा छ । 

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । 

खेलको ४८ औं मिनेटमा मिलोट राशिकाले गोल गर्दै नर्विचलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, खेलको ६४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-१ को बराबरीमा ल्याए । 

खेलको ६७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

जितसँगै लिभरपुल २५ खेलमा ५७ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ भने नर्विच २५ खेलबाट १७ अंकसहित पुछारमा छ ।