• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर छैन, समाधानका लागि राष्ट्र बैंक पनि साथमा छः अर्थमन्त्री



काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने कुरामा सरकारले ढिलो नगर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सिएनआई) का पदाधिकारीहरुसँगको भेटमा यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा सरकार निजी क्षेत्रले व्यहोरिरहेको समस्याको संवेदनशील रहेको पनि बताउनु भयो । उहाँले अर्थतन्त्रको समस्या समाधान गर्नेकुरामा सरकारले विलम्व गर्नु नहुनेमा आफू गम्भीर रहेको पनि बताउनु भयो ।

अर्थमन्त्री पौडेलले आफूले निजी क्षेत्रका समस्या निजी क्षेत्र नै भएर हेर्ने र निजी क्षेत्रले पनि सरकार समस्या सरकार भएर हेर्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्र र सरकार नदीका दुई किनारा नभइ एउटै नदी प्रणाली भएको बताउनु भयो । मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल टुटे र निजी क्षेत्रका समस्या समाधान नभए राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का लाग्ने बताउनु भयो । उहाँले निजी क्षेत्रका समस्या सुन्न राष्ट्र बैंक पनि लागेको बताउनु भयो । उहाँले निजी क्षेत्रका प्रतिनिधिहरुलाई कमजोर नभइ उच्च मनोबल बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘सरकार निजी क्षेत्रले व्यहोरिरहेको समस्याको संवेदनशील छ । यो समस्या समाधान गर्ने काममा हामीले विलम्व गर्नु हुँदैन भन्ने सरकार छ । सरकार हाम्राप्रति संवेदनशील छ भन्ने सोच्नुहोस् । तपाईहरु सरकार भएर हेर्नुहोस्, म निजी क्षेत्र भएर हेर्छु । हामी एउटै नदी प्रणाली हौँ । हामी नदीका दुई किनारा होइनौँ । निजी क्षेत्रको मनोबल टुट्यो र समस्या समाधान नभए त्यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का लाग्छ ।

निजी क्षेत्रका समस्या सुन्न राष्ट्र बैंक पनि लागेको छ । अबबाट मनोबल कमजोर बनाएर होइन, दरो मनोबलका साथ अघि बढ्नुहोला । समस्या समाधान हुनेछन् । देशले आर्थिक शंकटको अवस्था व्यहोरिरहेको स्थितिमा म निराशा थपेर पठाउन चाहन्न । समस्या गम्भीर पनि छन् । काबु बाहिर परिस्थिति गइसकेको छैन ।’

उहाँले अर्थतन्त्रमा देखिएका केही समस्या गम्भीर पनि रहेपनि अर्थतन्त्रको परिस्थिति नियन्त्रण बाहिर भने गइ नसकेको बताउनु भयो । निजी क्षेत्रले अर्थमन्त्री पौडेललाई भेट्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर देशको अर्थतन्त्र र निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरेका थिए ।