२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य



फाईल फोटो
अ+ अ-

बेइजिङ । चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ।

चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा मङ्गलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि, चीन भ्रमणमा आउने यात्रुले चीना प्रस्थान गर्नुभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गर्नुपर्ने र यसको रिपोर्ट साथमा राख्नुपर्नेछ । कोभिड सङ्क्रमण भएका व्यक्तिहरूलाई रिपोर्ट नेगेटिभ नआएसम्म आफ्नो यात्रा स्थगित गर्न सल्लाह दिइएको छ ।

चिनियाँ कुटनीतिक तथा कन्सुलर नियोगबाट स्वास्थ्य कोडका लागि यात्रुले आवेदन दिन आवश्यक छैन । उनीहरुले भन्सार कार्डमा आफ्नो स्वास्थ्य अवस्थाको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

असामान्य स्वास्थ्य अवस्था घोषणा वा ज्वरोको लक्षण भएका व्यक्तिहरूले भन्सारमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । उनीहरूलाई स्वास्थ्य अवस्था हेरेर निको नहुञ्जेलसम्म घरमै एकान्तमा बस्न वा अस्पतालमा उपचार गर्न सल्लाह दिइने बताइएको छ ।