११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-ट्वान्टी लिगः लुम्बिनीद्वारा पोखरा एभेन्जर्स पराजित



अ+ अ-

काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सलाई लुम्बिनी अल स्टारले पराजित गरेको छ ।

किर्तिपुर टियु मैदानमा भएको खेलमा १ सय ३४ रनको लक्ष्य पाएको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्यो ।

लुम्बिनीका लागि कुशल भुर्तेल सर्वाधिक ३९ रन बनाए । शाडले क्लाउड वैन शाल्कविकले अविजित ३१ तथा उन्मुक्त चन्दले २२ रन बनाए । यस्तै अनिल शाहले १९ रन जोडे भने गुलसन झा १० रनमा आउट भए ।

पोखराका लागि विपिन खत्री र कुशल मल्लले समान २/२ विकेट लिए । प्रतिश जिशी,अभिमन्यु मिथुन र जाहिर खानले समान १/१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । पोखराको लागि कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको बिष्फोटक ईनिङ खेले । यस्तै, उपुल थरंगाले ४२ रन जोड्दा अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि शाडले क्लाउड वैन शाल्कविकले ३ विकेट लिए भने किशोर महतो र गुलसन झाले समान २/२ विकेट लिए ।

लगातार तेस्रो जित हात पारेको लुम्बिनी ३ खेलमा ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने पोखरा ३ खेलमा अंक तालिकाको पुछारमा रहेको छ ।

यस प्रतियोगिताको फाईनल खेल पौष २७ गते हुनेछ ।




भर्खरै