२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसूर मुद्दाका फरार ४ जना प्रतिवादीहरू पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकाश ज्योती, भक्तपुर सूर्यबिनायक नगरपालिका–१० बस्ने ३५ वर्षीय राम सुन्दर कार्की, गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरू रहेका छन् ।

उनीहरुमध्ये राजन र नवराजलाई भरतपुर चितवनबाट, विकाशलाई ललितपुर लगनखेलबाट र राम सुन्दरलाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।

उनीहरूमध्ये बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलालाले राजनलाई १२ दिन कैद र ३४ लाख ९० हजार रुपैयाँ जरिवाना, विकाशलाई १५ दिन कैद र ४२ लाख रूपैयाँ जरिवाना, राम सुन्दरलाई ४ दिन कैद र १५ लाख ९२ हजार ८ सय ९० रुपैयाँ जरिवाना र नवराजलाई १० दिन कैद र २९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए ।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धि जिल्ला अदालतमा पेश गरिएको छ ।