काठमाडौँ । नेकपा (एमाले) पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने भएको छ ।
पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई आजै सरकारमा सहभागि हुने भएका हुन् । पहिलो चरणमा उहाँहरु दाहाल नेतृत्वको सरकारमा सहभागी हुन लाग्नुभएको हो । यद्यपि, उहाँहरुले कुन मन्त्रालयको जिम्मेवारी पाउनुहुनेछ भन्ने खुलाइएको छैन ।
नवनियुक्त प्रधानमन्त्री दाहालले आज अपरान्ह ४ बजे सपथ लिँदै हुनुहुन्छ । प्रधानमन्त्रीसँगैको सपथग्रहणमा एमालेबाट उहाँहरुले पनि सपथ लिने तयारी गर्नुभएको छ ।
माओवादीबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामिछाने पनि आजै सरकारमा सहभागि हुने बताइएको छ ।