५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा रास्वपाको दाबी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्‍त्र पार्टी (रास्वपा) ले गठबन्धन सरकारमा उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ ।

पार्टी सभापति रवि लामिछानेले अहिले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसिरहेको सत्ता गठबन्धनको बैठकमा उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्नुभएको छ ।

लामिछानेले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लागेपछि मात्र पार्टीले नाम तय गर्ने जानकारी दिनुभएको छ । प्रतिनिधिसभामा २० सिटसहित चौथो ठूलो दल बनेको रास्वपा गठबन्धन सरकारमा तेस्रो ठूलो दल हो । उसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकारमा जाने निर्णय गरेको छ ।