२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रधानमन्त्री शरिफको बधाई



अ+ अ-

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई तथा शुभकामना दिनुभएको छ ।

ट्विटरमार्फत शरिफले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिनुभएको हो । उहाँले भन्नुभएको छ, “नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु ।”

यसअघि प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको केही समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नै बधाई दिनुभएको थियो ।