२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको काठमाडौँमा उपलब्ध पार्टीका पदाधिकारीसहितको बैठकले एमालेका तर्फबशाट पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सात दलीय गठबन्धनमा एमालेले छ वटा मन्त्रालय पाउने बताइएको छ । पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको नेतृत्व गर्ने बताइएको छ । एमालेले यसअघि सरकारबारे निर्णय लिने जिम्मा अध्यक्ष ओलीलाई दिएको थियो ।

आजै अपराह्न ४ बजे प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । आज सत्तारुढ सात दलका तर्फबाट सातदेखि नौ सदस्यी मन्त्रिमण्डल गठन हुने सम्भावना रहेको छ ।