२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी एम्बापे भयौँ, सबैभन्दा बढी गोल गर्‍यौं तर ट्रफी चाहिँ अर्कैले लग्यो– महामन्त्री शर्मा



अ+ अ-

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सबैभन्दा बढी सिट जिते पनि कप चाहिँ अर्कैले उठाएको बताएका छन् ।

पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिभलमा बोल्दै शर्माले कांग्रेसलाई एम्बापेसँग तुलना गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘अस्तिको विश्वकपमा सबैभन्दा बढी गोल एम्बापेले हाल्यो । गएको मंसिर ४ मा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो । तर के भयो भने एम्बापेले सबैभन्दा बढी गोल हानेर गोल्डेन बुट जित्यो, तर कप चाहिँ अर्कैले लग्यो ।’

शर्माले आफूहरू एम्बापे भएर पोखरा आइपुगेको र अबको पाँच वर्षपछि अहिलेको च्याम्पियनलाई डिफेन्डिङ च्याम्पियन बनाउने बताए । उनले भने, ‘अहिले भएको कुरालाई अहिले नै बुझिँदैन । अलि समयपछि बुझिन्छ । जेजस्तो प्रकारको मिश्रण भएर सरकार बन्दै छ, यसलाई शुभकामना दिँदै गर्दा बडो संयमता, परिपक्ता र गहिरो विश्लेषणपूर्वक हामी अबको यात्रा तय गर्दैछौं । ’