१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी संसदमा टेबल गर्न सत्तारुढ गठबन्धन सहमत



फाईल फोटो
अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्न  सत्तारुढ गठबन्धन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा  एमसीसी टेबल गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो ।

अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । तर सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादीले आफ्ना भातृसंगठनहरु लाई सडकमा उतारेर एमसीसी बिरुद्ध प्रदर्शन गरिरहेका छन् ।