• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

प्रदेश १: एमाले संसदीय दलको नेतामा कार्की निर्विरोध



विराटनगर । प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेतामा निर्विरोध चयन गरेको हो ।

कार्कीलाई प्रदेशसभा सदस्य तिलकुमार मेन्याङबो प्रस्तावक र रेवतीरमण भण्डारी समर्थक हुनुहुन्थ्यो । यसअघि मेन्याङबो पनि दलको नेता दावेदार हुनुहुन्थ्यो । पछि उहाँले दलको नेतामा कार्कीलाई प्रस्ताव गर्नुभएको हो । कार्की झापा निर्वाचन क्षेत्र नं ५(१) बाट दोस्रोपटक निर्वाचित हुनुभएको हो ।