१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच दलको नेता बालकोटमा, सरकार गठनबारे छलफल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अहिले पाँच दलका शीर्ष नेताहरु सरकार गठनबारे छलफलमा व्यस्त हुनुहुन्छ ।

सत्ता गठबन्धनबीच शक्ति बाँडफाँटमा सहमति हुननसकेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकस्थल बालुवाटारबाट सोझै बालकोट पुग्नुभएको थियो ।

अहिले बालकोटमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुबीच सरकार गठनबारे छलफल भइरहेको छ ।

नयाँ गठबन्धनबीच भएको छलफलमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका अध्यक्ष रवि लामिछाने र जसपाका नेता अशोक राई सहभागी हुनुहुन्छ ।

सरकार गठन गर्न यी पाँच दलबाट आवश्यक बहुमत सजिलै पुग्ने देखिन्छ । सरकारको नेतृत्व कसले गर्ने र सरकारमा कुन कुन दल सहभागी हुने भन्नेबारे छलफल भइरहेको बुझिएको छ ।

संसद्मा एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४ र जसपाको १२ सिट रहेको छ । प्रतिनिधिसभामा कुल २७५ सिटमध्ये पाँच दलको १५६ सिट पुग्छ । यो बहुमतको सरकार ९१३८ सिट आवश्यक० बनाउन पर्याप्त सिट संख्या हो ।