• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

गठबन्धन जोगाउन हाम्रो हातमा केही पनि रहेन– रामचन्द्र पौडेल



काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गठबन्धनको बैठकमा कुनै सहमति हुननसकेको बताउनुभएको छ ।

बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा शक्ति बाँडफाँटबारे कुनै सहमति हुन नसकेपछि नेता पौडेलले भन्नुभयो, “गठबन्धन जोगाउन खोज्यौँ तर सकेनौँ ।”

कुनै पनि हालतमा गठबन्धनलाई जोगाऔँ भनेको तर आफूहरुको हातमा अब केही नरहेको उहाँको भनाइ थियो । राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँटमा कुरा नमिल्दा गठबन्धन कायम गर्न नसकिएको उहाँले बताउनुभयो ।