• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग: लेनडाँडा सुरुङमार्ग छिचोलियो ★   समितिमा उपस्थित भइ अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन ★   प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ: घनश्याम भुसाल ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार ★   डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन: मन्त्री यादव ★   दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै



काठमाडौँ । बगबन्धु एशियन यु–२३ सेन्ट्रल एशियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ ।

ढाकामा हुने नेपाल र बंगलादेशबीचको पहिलो सेमिफाइनल खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । नेपाल र बंगलादेश एकअर्कालाई हराएर फाइनल पुग्ने योजनामा छन् ।

बंगलादेश लिग चरणमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो । बंगलादेशले लिग चरणको तीन खेलमै जित निकालेको थियो । नेपालले भने तीन खेलमै हार व्यहोरेको थियो ।

तर, प्रतियोगितामा चार टोलीको सहभागिता भएकाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् । लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो ।