१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन भत्किएको दीपशिखाको संकेत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अति विश्वासपात्र रामप्रसाद सापकोटा दीपशिखाले सत्ता गठबन्धन भत्किएको संकेत गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उहाँले राजनीति नयाँ कोर्षमा गएको भन्दै माओवादी पुनः प्रतिपक्षमा बस्न सक्ने बताउनुभयो ।

उहाँले सत्ताको मात अन्धो रहेछ भन्दै हिजो जसरी वाम भत्किए आज कांग्रेस पनि भत्किन खोजेको बताउनुभयो ।

सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा करिब दुई घण्टा छलफल गरेर माओवादी प्रचण्ड बाहिरिनुभए लगत्तै दीपशिखाको यस्तो धारणा आएको हो ।

नेता दीपशिखाले फेसबुकमा राखेको टिप्पणीले गठबन्धनको बैठकमा कुनै सहमति हुन नसकेको संकेत गरेको छ ।