२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन भत्किएको दीपशिखाको संकेत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अति विश्वासपात्र रामप्रसाद सापकोटा दीपशिखाले सत्ता गठबन्धन भत्किएको संकेत गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उहाँले राजनीति नयाँ कोर्षमा गएको भन्दै माओवादी पुनः प्रतिपक्षमा बस्न सक्ने बताउनुभयो ।

उहाँले सत्ताको मात अन्धो रहेछ भन्दै हिजो जसरी वाम भत्किए आज कांग्रेस पनि भत्किन खोजेको बताउनुभयो ।

सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा करिब दुई घण्टा छलफल गरेर माओवादी प्रचण्ड बाहिरिनुभए लगत्तै दीपशिखाको यस्तो धारणा आएको हो ।

नेता दीपशिखाले फेसबुकमा राखेको टिप्पणीले गठबन्धनको बैठकमा कुनै सहमति हुन नसकेको संकेत गरेको छ ।