५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

भुक्तानीको तय हुदै हुदै स्टार इन्डियाकाे हैकम, बन्द गरायो डिसहोमबाट ३२ वटा च्यानल

भुक्तानीको तय हुदै हुदै स्टार इन्डियाकाे हैकम, बन्द गरायो डिसहोमबाट  ३२ वटा च्यानल
अ+ अ-

काठमाडौंः स्टार इन्डिया प्रालिले निजी क्षेत्रको सबैभन्दा ठूलो सेवाप्रदायक डिशहोममा आफ्ना च्यानलहरु बन्द गराएको एक साता बितिसकेको छ। नेपालमा झण्डै एक दर्जन कम्पनीले स्टार इन्डियाका च्यानल प्रसारण गर्दै आएकोमा डिशहोममा मात्रै शंकास्पद रुपमा स्टार इन्डियाका च्यानल बन्द गरिएको जानकारहरुले दाबी गरेका छन् ।

स्टार प्लस, स्टार स्पोर्ट्स, स्टार गोल्डलगायत करिब तीन दर्जन च्यानल रहेको स्टार इन्डियाले भुक्तानीको निहुँ बनाएर च्यानल बन्द गराएको आशंका छ ।

टेलिभिजन दर्शकको संख्या निरन्तर घट्दै गएपछि कम्पनीहरुले स्टार इन्डियालाई पहिला भुक्तानी गर्दै आएको रकम पनि घटाउन आग्रह गरिरहेका थिए । उनीहरुले स्टार इन्डियासँग वार्ता गरिरहेकै अवस्थामा डिसहोमलाई मात्र टार्गेट गरी च्यानल बन्द गरेको बुझिएको छ । यसमा नेपालकै एक निजी क्षेत्रको सेवा प्रदायकको पनि भूमिका रहेको अनुमान गरिएको छ ।

स्टार इन्डियाले आफ्ना अधिकांश कन्टेन्ट सामाजिक सञ्जाल युट्युबमा पनि अपलोड गर्दै आएको छ। कम्पनीले यसरी कन्टेन्ट युट्युबमा अपलोड गर्दा टेलिभिजन प्रयोगकर्ता घट्दै गएको व्यवसायीहरुले गरिआएका छन्। नेपालमा डिसहोम समेतका कम्पनीको २५ लाख सेटअप बक्स जडान भएकोमा अहिले १५ लाखमा झरेको व्यवसायीहरुको भनाइ छ।

नेपाली व्यवसायीले भुक्तानीको विषय सुल्झाउन स्टार इन्डियासँग २ हप्ताको समय मागेका थिए। तर त्यसको बेवास्ता गर्दै उसले सिधै च्यानल बन्द गराएको हो। विदेशी च्यानल वितरण गर्ने कम्पनीले रकम भुक्तानीको लागि सुरुमा सञ्चार मन्त्रालयसँग अनुमति लिनुपर्छ। मन्त्रालयको अनुमतिपछि मात्रै राष्ट्र बैंकबाट विदेशी कम्पनीलाई रकम भुक्तानी गर्न सक्छन्।

नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले स्टार इन्डिया प्रालिले पैसा बढी माग्दा समस्या आएको बताउनुभयो । उहाँले नेपालमा टेलिभिजनका ग्राहक घट्दै गए पनि स्टार इन्डिया प्रालिले बढी पैसा माग्दा च्यानलहरु बन्द भएको बताउनुभयो ।

डिशहोमलगायत नेपालका सबै कम्पनीले विदेशी च्यानल वितरण गर्दै आएका छन्। डिश मिडिया नेटवर्कले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै स्टार इन्डियाले जबर्जस्ती र बिना जानकारी सिग्नल बन्द गराएको उल्लेख गरेको छ।

‘विदेशी च्यानल प्रदायकमध्ये स्टार इन्डियालाई ३२ च्यानलको हालसम्म १ अर्ब बढी भारतीय रुपैयाँ भुक्तानी गरिसकेका छौँ’, डिश मिडियाले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘हाल बाँकी भुक्तानीका लागि राष्ट्र बैंकबाट मंसिर २८ गते अनुमति प्राप्त भएको र पुस १५ गतेअगावै भुक्तानी गर्ने स्टार इन्डियालाई जानकारी दिएका थियौँ।’

डिश मिडियाले स्टार इन्डियालाई रकम भुक्तानीको लागि मिति नै तोकेर पठाए पनि विना जानकारी ३ गते नै च्यानल बन्द गराएको उल्लेख गरेको छ।

दर्जन बढी कम्पनीमध्ये कुनै कम्पनीले अहिलेसम्म स्टार इन्डियालाई रकम भुक्तानीको लागि मन्त्रालय र राष्ट्र बैंकमा अनुमतिको प्रक्रिया नै अघि बढाएका छैनन्। तर राष्ट्र बैंकबाट भुक्तानीको लागि अनुमति पाएको २ हप्ताभित्रै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको डिशहोमका सिग्नल बन्द भएका हुन्।

डिशहोमले अघिल्लो हप्ता मात्रै राष्ट्र बैंकबाट ३ करोड ६ लाख भारतीय रुपैयाँ भुक्तानीको लागि अनुमति पाएको थियो। रकम भुक्तानीको अन्तिम चरणमा पुग्दा ३२ वटा च्यानलको सिग्नल बन्द भएका छन्।

डिशहोमले लाखौँ ग्राहक रहेको कम्पनीको सिग्नल काट्दा पनि नियामक निकाय मूकदर्शक भएर बसेको मन्त्रालयमा दर्ता भएको पत्रमा उल्लेख छ। मन्त्रालयले भने दुई देशका कम्पनीहरुको व्यावसायिक कुरा भनी पन्छिएको छ।

‘कम्पनीहरुले रकम भुक्तानीको लागि वैदेशिक मुद्राको अनुमति माग्दा दिएका छौँ’, संचार सचिव डा बैकुण्ठ अर्यालले कम्पनीहरुबीच केही समस्या आएको बुझेका छौँ। व्यावसायिक कुरा भएकोले मन्त्रालयले बढी चासो राखेको छैन भन्नुभयो ।

डिसहोमका हजारौं ग्राहकले स्टार च्यानल हेर्न नपाएको गुनासो गरिरहेका छन् । विगतदेखि नै सिरियलहरु हेर्दै आएका नेपाली गृहिणीहरुले सेवा प्राप्त गर्न सकेका छैनन् भने खेलकुदका च्यानल पनि बन्द भएपछि युवाहरु आक्रोशित बन्न थालेका छन् ।