२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ



अ+ अ-

धनुषा । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ । उहाँ हिजो यहाँ आइपुग्नुभएको थियो ।

जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

पूजापाठपछि उहाँ यात्री निवास गेष्ट हाउस जानुभएको थियो । शुक्रबार दिउँसो यहाँ आइपुग्नुृभएका उहाँ साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी हुनुभएको थियो । पूर्वराजासँग पूर्वमहारानी कोमल शाह पनि साथमै हुनुहुन्थ्यो ।