५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न बनाउन जरुरीः गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न गराउन जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार महान्यायाधिवक्ताको कार्यालयको ७२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अपराध कार्यहरुमा नयाँ प्रविधिको प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गरेर अनुसन्धान र अभियोजनमा पनि नयाँ प्रविधिको प्रयोग हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले नयाँ किसिमको अनुसन्धान र अभियोजनका लागि संस्थाहरुलाई श्रोत, साधनयुक्त गराउन जरुरी रहेको पनि बताउनु भयो । उहाँले महान्यायाधिवक्ता कार्यालयलाई आगामी दिनमा अझ बढी प्रभावकारी रुपमा संवैधानिक र कानूनि जिम्मेवारी बहन गर्नसक्ने व्यवसायिक र विशिष्टिकृत बनाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न पनि गराउन जरुरी छ । किनभने जसरी अहिले अपराध कार्यहरुमा नयाँ प्रविधिको प्रयोग भइरहेको छ, त्यसको अनुसन्धान र अभियोजनमा पनि नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने जरुरी छ । त्यसका लागि श्रोत, साधनयुक्त गराउन जरुरी छ । महान्यायाधिवक्ता कार्यालयलाई आगामी दिनमा अझ बढी प्रभावकारी रुपमा संवैधानिक र कानूनि जिम्मेवारी बहन गर्नसक्ने व्यवसायिक र विशिष्टिकृत हुनसपर्छ ।’

गृहमन्त्री खाँणले आगामी दिनमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको बीचमा सुमधुर सम्बन्ध रहनुपर्ने बताउनु भयो । उहाँले बार र बेन्च तथा स्वतन्त्र कानूनी व्यवसायी र सरकारी वकीलहरुको बीचमा पनि सद्भावपूर्ण वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।