• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

साम करन आइपिएलकै महँगा खेलाडी बने



एजेन्सी । इंग्लिस अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आइपिएल) सर्वाधिक महँगो मूल्यमा बिक्री भएका छन् ।

भारतको कोचीमा जारी मिनी अक्सनमा इंग्ल्यान्डका युवा साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारूमा टिममा भित्र्याएको हो । यो मूल्य आइपिएलकै सबैभन्दा महँगो मूल्य हो ।

यसअघि आइपिएल अक्सनमा दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसलाई २०२१ मा राजस्थान रोयल्सले १६ करोड २५ लाख भारूमा किनेको थियो ।

यसअघि रिटनेमा रोयल च्यालेन्जर्स बेंगलोरले २०१८ मा विराट कोहलीलाई १७ करोड भारूमा रिटेन गरेको थियो । २०२२ मा लखनउले लोकेश राहुललाई १७ करोड भारूमै किनेको थियो । १७ करोड माथि मूल्य पाउने करन पहिलो खेलाडी समेत हुन् ।

युवा अलराउन्डर साम करनले यसअघि पन्जाब किंग्स र चेन्नई सुपर किंग्सबाट आइपिएल खेलिसकेका छन् ।