• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

प्रकाशमान र प्रचण्डको भेट: प्रधानमन्त्री आफूले पाउनुपर्ने प्रचण्डको अडान



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ ।

गठबन्धनबीच नयाँ सरकारको पहिलो नेतृत्व कसले गर्ने भन्नेबारेमा दुवै नेताबीच कुराकानी भएको बताइएको छ । कांग्रेस नेता सिंहले पहिलो चरणको सरकारको नेतृत्व नेपाली कांग्रेसलाई दिन अध्यक्ष प्रचण्डसमक्ष प्रस्ताव राख्नुभएको थियो । तर प्रचण्डले पहिलो चरणको सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राख्नुभएको थियो ।

भेटमा नेता सिंहले पहिलो चरणमा कांग्रेसलाई र दोस्रो चरणमा माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएर शक्ति बाँडफाँटका विषयमा सम्मानजनक ढंगले छलफल गर्न आग्रह गर्नुभएको थियो । तर अध्यक्ष प्रचण्डले शक्ति बाँडफाँटका विषयमा छलफल गर्ने तर पहिलो चरणमा आफूले नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान दोहोर्याउनुभएको थियो ।

अध्यक्ष प्रचण्डसँगको भेटलगत्तै नेता सिंह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्री देउवासँगको भेटमा नेता सिंहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको कुराकानीबारे जानकारी गराउनुभएको थियो ।