१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की किन ?



अ+ अ-

नेपालस्थित अमेरिकी दूतावासले एमसीसी कम्प्याक्ट सम्झौताका बारेमा  एउटा सार्वभौम मुलुकका रुपमा नेपालले नै निर्णय गर्ने हो भनेर वक्तव्य निकालेको जानकारी नेपालका मूलधार भनिने पत्रिकाहरुले आज उच्च महत्वकासाथ प्रकाशित गरेका छन् । तर निम्न तथ्यहरुले अमेरिकी वक्तव्य छलछाम र धोखा मात्र हो भन्ने स्पष्ट गर्दछ ।

 १. अमेरिकी राजदूतले एमसीसी कम्प्याक्ट सम्झौता नेपालले पारित गरेन भने अमेरिकाले नेपाललाई आर्थिक नाकाबन्दी लगाउनेछ भनेर नेपालको एक प्रमुख राजनीतिक दलका नेतालाई उनकै निवासमा गएर भनेका थिए ।

२. अमेरिकी राजदूतले भेटेर र सहायकमन्त्रीले फोनबाट नेपाली नेताहरुलाई यो सम्झौता स्वीकार गरिएन भने चीनका कारणबाट यस्तो निर्णय भएको भन्ने रुपमा लिन्छौँ भनेका थिए।  

३. अमेरिकी उपमन्त्री भारतीय पत्रिकामार्फत अन्तवार्ता सार्वजनिक गरेर नेपालले एमसीसी सम्झौता अस्वीकार गरेमा नेपाल र आमेरिकाबीचको सम्बन्धमा पुनर्विचार गरिनेछ भनेका थिए ।

४. नेपालका एक प्रमुख दलका नेता सँगको भिडिओ वार्तामा वाशिङ्टनबाट एमसीसी अमेरिकाका प्रमुख कार्यकारी अधिकृत फतिमा सुमारसहितको चार जनाको टोलीले एमसीसी कम्प्याक्ट पारित नगरिए यसलाई अमेरिकाले गम्भीररुपमा लिनेछ भनेको थिया ।

यसरी अमेरिकाले एमसीसी कम्प्याक्ट पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की दिँदै आएको स्पष्ट छ। अमेरिकी दूतावासको झुठो वक्तव्यलाई उच्च महत्वकासाथ प्रकाशित गर्ने मित्रहरुले यी तथ्यहरु सहित वास्तविक सत्यलाई प्रकाशित गर्नुहोला ।

( नारायणकाजी श्रेष्ठ नेकपा माओवादी केन्द्रका नेता हुनुहुन्छ । 




भर्खरै