५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा अस्पताल बनाउने विषयमा विवाद बढ्दा गाउँलेबीच कुटाकुट, ३५ जना घाइते



अ+ अ-

बैतडी । बैतडीमा १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा गाउँलेबीच कुटाकुट भएको छ ।

जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का बासिन्दाबीच भएको झडपमा ३५ जना घाइते भएका छन् । दुबै वडाका स्थानीयले आ-आफ्नो वडामा अस्पताल निर्माण गर्नुपर्ने माग राख्दै आएका थिए । सोही विषयमा विवाद हुँदा बिहीबार साँझ झडप भएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए ।

अस्पतालको नाममा वडा नम्बर १ र ७ दुवै स्थानमा जमिन रहेको छ । आफ्नो वडामा अस्पताल बनाउनुपर्ने भन्दै केही समयअघि वडा नम्बर १ का स्थानीयले तालाबन्दी गरेका थिए । त्यसको केही दिनपछि पुनस् वडा नम्बर ७ का स्थानीयले पनि तालाबन्दी गरेका थिए ।

प्रहरीको अनुसार दुवैलाई सहमति गराएर थप प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेका बेला बिहीबार झडप भएको हो । झडपमा वडा नम्बर ७ का २७ र १ का ८ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

२०७० सालदेखि अस्पताल निर्माण हुने भनेपनि स्थानीयहरूको विवादले गर्दा ९ वर्षदेखि निर्माणकार्य अघि बढेको छैन ।




भर्खरै