• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ ★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने ★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध ★   शासनको मर्यादा र सचिवको पद ! ★   राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह ★   मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ: श्रममन्त्री अर्याल ★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ?

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट



काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्ना दशमलव एक अङ्कले ओरालो लागेर एक हजार आठ सय ६७ दशमलव २१ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने एक दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव शून्य छ मा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य वृद्धि हुँदा १० उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका मध्ये ७६ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने एक सय २४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । यस्तै ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कुल ३१ लाख ११ हजार आठ सय ३३ कित्ता सेयर रु एक अर्ब ११ करोड ९७ लाख ९७ हजार नौ सय २१ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु १४ करोड ९९ लाख ५० हजार तीन सय ४६ बराबरको सेयर कारोबार भयो । एनआइसी एसिया बैंक रु पाँच करोड ६९ लाख ६५ हजार तीन सय २४, नबिल बैंक रु पाँच करोड ३१ लाख ६६ हजार छ सय ९८, हिमालयन डिस्टिलरी रु चार करोड ८१ लाख १३ हजार नौ सय ४६ र शिवम् सिमेन्ट रु तीन करोड ९९ लाख ९५ हजार चार सय ८५ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सिर्जनशील लघुवित्त र धवलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त आठ दशमलव १९, कालिका पावर कम्पनी आठ दशमलव १५ र नेरुडे लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ३८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै आँधीखोला लघुवित्त सात दशमलव ७०, बलेफी हाइड्रोपावर पाँच दशमलव ४९, सोल्टी होटल चार दशमलव ७६, इस्टर्न हाइड्रोपावर तीन दशमलव ९९ र ग्रीन डेभलपमेन्टका लगानीकर्ताले तीन दशमलव २० प्रतिशतले गुमाएका छन् ।