२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशमा हाम्रो दाबी स्वभाविकः डा.सीके राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतेले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पार्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने बताउनु भयो । उहाँले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताउनु भयो ।

अध्यक्ष राउतले जनतामुखी सेवाहरुप्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा राख्ने बताउनु भयो । उहाँले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशत भन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा लाग्ने बताउनु भयो । कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपरोस् भन्नेकुरामा पार्टी प्रतिवद्ध रहेको र बढी भन्दा बढी रोजगारी सिर्जना गर्नेकुरामा आफू लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग संख्यात्मक रुपमा राम्रो संख्या छ । हामी निर्णयक भुमिकामा रहेका छौँ । मधेस प्रदेशमा नेतृत्वको दाबी छ । हामी तेस्रो ठूलो दल बनेका छौँ मधेस प्रदेशमा । जनताले राम्रो सिट दिनुभएको छ । जनताको अपेक्षा पनि छ । हाम्रो मेन एजेण्डा सर्भिस डेलिभरी हो । शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा रहनेछन् । शिक्षालाई ९५ प्रतिशत भन्दा माथि लैजाने अभियान छ । स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा हामी लाग्छौँ । कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपारोस्, रोजगारी धेरै दिन सकौँ त्यसमा हमी हुनेछौँ ।’

अध्यक्ष राउतले आफ्नो दलको सिमित संख्याको भरमा सडक, संसद र सरकारमा गएर जनताका माग र मुद्दाहरु सम्बोधन गर्ने बताउनु भयो ।