३ पुष २०८२, बिहीबार
,
Latest
निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्ध भिच्छुलाई सबैले सम्मान गर्नुपर्छ : मन्त्री आले



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताउनुभएको छ । 

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भिच्छुद्वारा आयोजना गरिएको ‘विश्व शान्ति प्रणिधान पूजा’ कार्यक्रममा उहाँले हाम्रो देश नेपालसहित विश्वमा शान्ति फैलियोस् भनेर बौद्ध भिच्छुहरुले सधैँ कामनासहित पूजाआजा गरिरहनुभएको र बुद्धलाई चिनाउने बौद्ध भिच्छु भएकाले उहाँहरुलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको हो । 

मन्त्री आलेले लुम्बिनीमा पूजाआजाका लागि आउने बौद्ध भिच्छुलाई सुरक्षाकर्मी र आन्तरिक कर्मचारीबाट अभद्र व्यवहार हुने गरेको गुनासो आएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “शान्तिको देश नेपाल भनेर चिनाउने बौद्ध गुरुहरुलाई अभद्र व्यवहार नहोस्, यसो गरेको पाइएमा त्यस्ता व्यक्तिलाई सरकारद्वारा कारवाही हुन्छ, बौद्ध गुरुहरुलाई सम्मान गर्न म सबैसँग आग्रह गर्छु ।”

मन्त्री आलेले लम्बिनी क्षेत्रको विकासका लागि आफू र मन्त्रालयका तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने आश्वासन दिदैं लुम्बिनीको विकास गर्न सके हजारौँ, लाखौँ पर्यटक भित्र्याउन सकिने भएकाले यहाँको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले आफू मन्त्री भएर आएपछि क्यासिनो सञ्चालन गरेर रोयल्टी नतिर्ने विभिन्न क्यासिनो तथा होटलहरुलाई कारवाही गरेको र वर्षौसम्म पनि सरकारलाई तिर्न बाँकी राखेको रोयल्टी तिराएको दाबी गर्नुभयो ।