• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने



फाईल फोटो

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ ।

सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज लगाइएको हो । धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गमा असर गर्न तथा व्यक्तिगत गोपनीयतामा असर पर्ने भएकाले पाथीभरा क्षेत्र विकास समितिले सम्बन्धित निकायको अनुमति बेगर पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाउने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै अनुमति बेगर पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाइने निर्णय गरिएको समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो । समितिले सार्वजनिक सूचना आह्वान गरेको छ ।

विसं २०७२ मा जारी भएको ड्रोन उडान कार्यविधिमा धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गमा असर तथा व्यक्तिगत गोपनीयतामा असर गर्नेगरी उडान गर्न नपाइने उल्लेख छ ।

अनुमति लिने व्यक्ति वा संस्थाले ड्रोनको विवरण, उद्देश्य र उडान समयको विवरण अनिवार्य सम्बन्धित सबै निकायमा पेस गर्नैपर्ने प्रावधान छ । कार्यविधिअनुसार सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रको एक किलोमिटर क्षेत्रमा पनि उडान गर्न पाइँदैन । ड्रोन उडाउने अनुमतिका लागि गृह मन्त्रालय, सञ्चार मन्त्रालय र नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृतिपत्र तथा व्यावसायिक प्रयोजनका लागि सम्बन्धित मन्त्रालयले ड्रोन उडानको सिफारिस गरेको पत्रसाथ व्यक्ति वा संस्थाले लिखित निवेदन दिनुपर्ने हुन्छ ।

पाथीभरा क्षेत्रमा विभिन्न संस्था तथा व्यक्तिले आफू खुसी पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन थालेसँगै सम्बन्धित निकायको बिना अनुमति ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज गरिको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।