• ४ आश्विन २०८०, बिहीबार
  •      Thu Sep 21 2023
  •   Unicode
Logo
Latest
★   सरकार र आन्दोलनरत शिक्षकबीचको दोस्रो वार्ता निष्कर्षविहीन ★   पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान ★   नेपाल पाकिस्तानसँग पराजित ★   गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई ★   प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै ★   साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात ★   शिक्षक आन्दोलनले बानेश्वरको दुवो माडिएपछि बालेनको व्यङ्ग्य– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’ ★   श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय ★   सरकारको तर्फबाट गृहमन्त्रीले शिक्षकसँग वार्ता गर्ने, दोस्रो चरणको छलफल आजै बेलुका हुने ★   मानवताले जलवायुमा नरकको ढोका खोलेको छ: गुटेरेस

सवारी साधन दुर्घटनामा एकको मृत्यु



बागमती । कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–५ को क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान हेटौँडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना.६३प ७४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा–१५ फायरलाइन बस्ने २५ वर्षीय विक्रम वाइवाको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
 
तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार सोही स्थानका ३१ वर्षीय रमेश वल घाइते भएकाले सोही अस्पतालमा उनको सोही अस्पतालमा उपचार भइरहेको उहाँको भनाइ थियो । रासस