१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

सवारी साधन दुर्घटनामा एकको मृत्यु

सवारी साधन दुर्घटनामा एकको मृत्यु
अ अ+ अ-

बागमती । कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–५ को क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान हेटौँडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना.६३प ७४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा–१५ फायरलाइन बस्ने २५ वर्षीय विक्रम वाइवाको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
 
तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार सोही स्थानका ३१ वर्षीय रमेश वल घाइते भएकाले सोही अस्पतालमा उनको सोही अस्पतालमा उपचार भइरहेको उहाँको भनाइ थियो । रासस