• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

उद्योग क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार तयार छः मन्त्री बडू



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

बुधवार नेपाल टे«ड युनियन काँग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो ।

उहाँले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताउनु भयो । उहाँले सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गरिरहेको बताउनु भयो । उहाँले मुलुक भित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘टे«ड युनियन लामो समयदेखि उद्योग क्षेत्रमा काम गरिरहनुभएको छ । सरकारले कानून बनाउँछ । तर अफ्ठ्यारो कानूनले देखाउँछ भन्नुभएको छ । हामीले यति बेला हाम्रा समस्या कहाँ छन् । समस्या अहिले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नु हो । मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गर्ने हो ।’

‘मुलुक भित्र नै रोजगारी र उत्पादन बढाउने हो । त्यसको लागि उद्योगहरु भित्र राम्रो लोकतान्त्रिक सम्बन्ध राखेर सरकार जान तयार छ । उद्योग क्षेत्रका श्रमिकदेखि उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ । तपाईहरुले उद्योग र श्रमिकका समस्या तथा कानूनमा कहाँकहाँ समस्या रहेका छन् पहिचान गरिदिन आग्रह गर्दछु ।’

मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।